Search Nepali Song Lyrics

Phool lai sodhe (फुललाई सोधेँ) - Aruna Lama

फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फुलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

वनलाई सोधेँ कहाँ भाग्यो बादल
वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
समाएर उसले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो उमेर गयो खोजि हिँड्नुपर्दा
भेट्छु होला त्यो निष्ठुरीलाई त्यो घुम्तिनिर भिन
खोजी हिँड्छ अभागी त्यो बतासले पिन
कठै बरा कसलाई होला बुझ्नै सकिन मैले
वितयोग यहाँ फर्केको अझ छैन फर्केको
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फुलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

3 comments:

Ramchandra said...

aruna lama the only great female singer singer of nepal. thaks for providing the lyrics of this Nepali Song by aruna lama..

Unknown said...
This comment has been removed by the author.
Unknown said...

Magical Lyrics & golden voice Aruna Lama.
lOt's of lOp n respect.