Search Nepali Song Lyrics

Mero geet mero pratibimba - Narayan Gopal

मेरो गीत मेरै प्रतिविम्व हैन
जो टूटी जाने हैन जो टूटी जाने हैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुइ दिनको पाहुना हैन

केहि गुनगुनाउछु धेरै शान्ति पाउँछु
त्यहि शान्ति बाँड्न यहाँ गीत सुनाउछु
म ल्याउछु सागरबाट अन्जुलिमा पानी
एक एक बुन्दले सबको प्यास मेट्न खोज्छु
सबैलाई रिझाउने मेरो रीत हैन
तिमीले नसुन्दैमा गीत मर्ने हैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुइ दिनको पाहुना हैन

गीत चोरि ल्याएँ सागरबाट
आकाशको निलो गहिराइबाट
सुनी हेरे सबमा गीतको मुहान छ
यहाँ जिउंदोलाई सास फेर्न जहितहि हावा छ
मेरो गीत भन्ने अधिकार छैन
गीतको पो म हुं मेरो गीत हैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुइ दिनको पाहुना हैन
मेरो गीत मेरै प्रतिविम्व हैन

No comments: